काठमाडौँ । गृह मन्त्रालयले चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाको सिफारिस स्गरेको छ ।
नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डीआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् । २०५३ मा कार्की, केसी र अधिकारी प्रहरी सेवामा प्रवेश गरेका हुन् भने शर्मा २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।






















































