मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनका लागि सन्तोष आचार्यको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरेको छ ।

अध्यक्षका प्रत्यासी आचार्य पत्रकार हुन् । सामाजिक सेवा सकृय आचार्य विभिन्न संघसंस्थामा आबद्ध छन् ।

आगामी जेठ २६ गते हुने चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबनधनको प्रगतिशील समाजवादी साझा प्यानलका उम्मेदवारहरु घोषणा गरेको हो ।

पूर्व मेची बस व्यवसायी प्रालिको सभाहलमा आयोजना भएको उम्मेद्वार घोषणा कार्यक्रममा प्रगतिशील समाजवादी साझा प्यानलको नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार  हो ।

उक्त प्यानलबाट उपाध्यक्षमा एमालेका गोविन्द गिरी र सचिवमा जसपाका दिलिपजंग सुब्बा र कोषाध्यक्षमा एमालेकी विमला तामाङ उम्मेदवार बनेका छन् ।

त्यसैगरी इकाई सदस्यहरुमा एमालेका तर्फबाट तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, खुल्ला महिला सदस्यतर्फ जसपाबाट मीरा कार्की र एमालेबाट इन्दिरा बुढाथोकी अधिकारीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा एमालेबाट विकेन्द्र धिमाल तथा सदस्यहरुमा एमालेबाट जसना राजवंशी र जसपाबाट बालकुमार भुजेल उम्मेद्वार बनेका छन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईं, काँकरभिट्टा खानेपानीका वर्तमान अध्यक्ष राजकुमार पराजुली, अध्यक्षका उम्मेद्वार आचार्य, जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ लगायतले जित निश्तिच रहेको दावी गरेका थिए ।

उम्मेदवार घोषणा कार्यक्रमको अध्यक्षता एमाले नेता श्रीप्रसाद मैनालीको अध्यक्षता, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् काँकरभिट्टा खानेपानीका वर्तमान सचिव दिलीपजंग सुब्बाले स्वागत र सञ्चालन एमाले जिल्ला सदस्य भुपाल शिवाकोटीले गरेका थिए ।