सुरुङ्गा । नेपालको संघीयता र प्रेसको अवस्था सुधार गर्न सञ्चार क्षेत्रमा कृयाशिल सञ्चारकर्मीले आफ्नो कर्ममा सुधार पर्नुपर्ने  अवस्था आएको एक कार्यक्रमका बक्ताहरुले औंल्याइएको छन् ।FB_IMG_1716036687672 1 `संघीयतामा सञ्चार नीति, नियत र नियती, `डिजिटल पत्रकारिता र यसको चुनौती´का सम्बन्धमा परार्मशसहितको सामूहिक बहसका क्रममा सम्बन्धित क्षेत्रका बिज्ञहरुले त्यस्तो औंल्याएका हुन् ।FB_IMG_1716014724137
झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक बनको सभाहलमा शनिबार नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा १ दिने मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय अध्यक्ष एबम् बरिस्ठ पत्रकार शिव गाउँलेले संचारकर्मीकै कारण ब्यवसायिक पत्रकारिताको बिकासमा समस्या आएको बताए ।
त्यसका लागि कृयाशिल संचारकर्मीले आफुले आफैलाई प्रश्न-जवाफ गर्दै अघि बढेमात्रै पत्रकारिताको साख जोगिनसक्ने धारणा राखेका थिए ।FB_IMG_1716036681824
बरिस्ठ पत्रकार गाउँलेले भने,-`अब संचारकर्मीले संचार क्षेत्रमा गर्दै आएको गलत अभ्यासलाई सुधार गर्न स्मरण गर्दै चिमोठट्नु पर्छ ।´
उनले पत्रकारको नाममा सूचना दिएर समाचारको परिभाषा दिने प्रथाको अन्त्य नभएसम्म संचार र संचार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको अस्तित्व नै संकटमा पर्ने अवस्था आएकाले त्यसलाई जोगाउन आग्रह गरेका थिए ।FB_IMG_1716036679024
कार्यक्रमको दोश्रो शृङखलाको वरिष्ठ पत्रकार गाउँलेले डिजिटल सञ्चारको उपयागीता र आवश्यकता सम्बन्धमा बक्ताहरुले उठाएका फरक-फरक  टिप्पणी र प्रश्नका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, सूचना विभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वअध्यक्ष धर्मेन्द्र झा लगायतले जवाफदेही बक्ताको रुपमा पत्रकारहरुको जिज्ञासाप्रती सहजीकरण गरेका थिए ।FB_IMG_1716036633966
कोशी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री रोमबहादुर राणाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।FB_IMG_1716036625228

मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ । सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न, सम्मेलनमा श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वन, संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न, सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन सम्मेलनले माग गरेको छ । महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्व केशव भट्टराई, लीला अनमोल र सन्तोष शर्मा सदस्य रहेको गठित घोषणापत्र जारी समितिले उक्त मागसहित १० बुँदे घोषणापत्र जारी गरेको हो । 

त्यस्तै लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन, आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न, पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न, सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि र कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न मागसहितको घोषणा पत्र जारी सम्मेलनले जारी गरेको छ । 

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचीव डिकेश लामाले संचालन गरेका थिए ।