कास्की । काठमाडौबाट बेनी आउँदै गरेकाे रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१ लेवाडे घुम्तीमा बिहान यात्रु बस दुर्घटनामा परेको हाे । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको बस आज लेवाडे गुम्तीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा २१ जना यात्रु रहेको बताइएको छ ।
घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पताल र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइहेको जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा पर्वतको जलजला गााउँपालिका-८ का ३६ वर्षीय बलबहादुर फगामी मगर, म्याग्दी मालिकाका ३९ वर्षका टकबहादुर कामी, २५ वर्षीया रञ्जना हमाल, दरवाङकी १५ वर्षीया सबिता श्रीपाली, म्याग्दी मंगला १ की ५७ वर्षीया हीरा केसी, ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा रहेका छन् ।
बस चालक बलबहादुर फगामी मगर पनि घाइते भइ उपचाररत रहेको र दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।






















































