सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना भएको छ।

सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो।

सडकदेखि करिब एकसय मिटर तल जीप खसेको दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।