बिर्तामोड । झापाको बिएण्डसी टिचिङ्ग हस्पिटलले विपन्न नागरिक औषधि कोष कार्यक्रम अन्तरगत नि:शुल्क हेमोडाइलाइसिस सेवा संचालनमा ल्याएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत विपन्न नागरिक उपचार कोष अन्तरगत नि:शुल्क हेमोडाइलाइसिस सेवा      आइतबारदेखि संचालनमा ल्याएको पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले जानकारी दिएको छ ।IMG_20240602_150014

कार्यक्रमअन्तरगत नेपाल सरकारले तोकेको मृगौलाका बिरामीलाई नि:शुल्क हेमोडाइलाइसिस सेवा प्रदान गर्नुपर्दछ ।

स्थानीय तहले विपन्न नागरिकको तथ्यांङ्क राखी सिफारिस गरेको आधारमा अस्पतालले नि:शुल्क सेवा दिने पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता प्रमिस गिरीले जानकारी दिए ।

बिरामी उपचारका लागि अस्पतालको अपिडी सेवाबाट स्वास्थ्य परीक्षण गरी मृगौला रोगी भएको ठहरिएमा अस्पतालले सम्बन्धित बिरामीका लागि पालिकासँग सिफारिस माग गर्न पत्रचार गर्ने छ । सोही सिफारिस मागपत्रको आधारमा पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा बिभाग प्रमुख रहेको समितिले निर्णय गरेर प्रतिलिपीसहित अस्पताललाई सिफारिस पत्र पठाएको हुनुपर्ने नियम रहेको प्रेस नोटमा उल्लेख छ ।IMG_20240602_144835

पालिकाले बिरामीलाई नि:शुल्क उपचारका लागि पठाएको सिफारिस पत्रको आधारमा आवश्यक कागजात जुटाई सामाजिक सुरक्षा इकाईमा पेश गरेपछि नि:शुल्क हेमोडाइलाइसिस सेवा प्रदान गर्ने जनाइएको छ ।

आधुनिक प्रबिधिसँगै प्राबिधिकको ब्यवस्थापन, बिषय बिषशेज्ञ चिकित्सकहरुको निरन्तर उपस्थिति, उपचारको क्रममा आइपर्ने सम्भाबित जोखिममा पनि जटिल उपचार सफल गर्नसक्ने भएकाले हेमोडाइलाइसिस सेवा बिएण्डसी अस्पतालमा सम्भब हुने अस्पतालमा कार्यरत चिकित्सकहरुले बताए । 

अस्पतालमा कार्यरत डा. गोपाल मिश्र, डा. मुक्ति देबकोटा, डा. राजु श्रेष्ठले अन्य रोगलाई जोगाउँदै डाइलाइसिस सेवा उपयुक्त रहेको बताएका थिए ।IMG_20240602_172849प्रवक्ता गिरीका अनुसार हाल ५ वटा मेसिनबाट हेमोडाइलाइसिस सेवा प्रदान गर्ने र १ महिनापछि बिरामीको चापलाई मध्यनजर गर्दै २० वटासम्म मेसिनबाट सेवा प्रवाह गर्ने छ । 

एउटा हेमोडाइलाइसिस गर्दा ४ घण्टासम्म समय लाग्ने र उक्त सेवालाई २४ सै घण्टाको ब्यवस्थापन मिलाउने योजना रहेको प्रवक्ता गिरीको भनाई छ । विरामीका लागि आवश्यक ब्यवस्थापन तथा डाइलाइसिस कक्ष ब्यवस्थित गरिएको उनको भनाई थियो । निरन्तर औषधि चलाउनुपर्ने भएकाले बिरामीलाई तनावरहित वातावरणमा उपचार गर्न टेलिभिजन, पत्रपत्रिका पढ्न र मनोरञ्जनका सामाग्री प्रयोग गर्ने दिइनेछ ।

भबिस्यमा मुटु र मृगौला प्रत्यरोपण सेवा संचालनमा ल्याइने अस्पताल ब्यवस्थापनले जानकारी गराएको थियो ।