मेचीनगर झापाको मेचीनगर-१४ मा  आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गएराति ९ः५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा अचानक आगलागी भएको हो ।

घरका मानिसहरू पाहुँना गएको अवस्थामा भएको आगलागीबाट बिर्जाको घरभित्र रहेका लत्ताकपडा, भाँडा वर्तन, फर्निचरका विभिन्न सर–सामान र घर आंशिक रुपमा जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।

स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति १०ः२५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।