काँकरभिट्टा । झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शनिबार सम्पन्न निर्वाचनमा ५ हजार २० मतदात मतदान गरेका छन् ।
संस्थाको ६ हजार ७७४ मतदातामध्ये ५ हजार २० जना अर्थात् ७४ दशमलव १४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पाेखरेलले जानकारी दिए । एक हजार सात सय ५४ जना मतदाता मतदानमा सहभागिता नभएको र शान्तिपुर्ण रुपमा समस्यारहित ढंगमा सम्पन्न भएको उनको भनाई छ ।
काँकरभिट्टा मावि परिसरमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो।
मतगणना आइतबार विहान ८ वजेदेखि खानेपानी कार्यालयकाे सभाहलमा हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
एक धारा एक मतदाता अनुसार करिव ३५ हजारले पिउँने पानी उपभोग गर्दैआएका छन् । संघीयदेखि प्रदेश सांसद, पुर्वप्रदेश सांसदको प्रतिनिधित्व गर्दैआएको काँकरभिट्टामा राजनीति समीकरणबाटै निर्णायकको भुमिका निर्वाह गर्दैआएका कारण खानेपानी संस्थाको चुनावलाई पनि महत्त्वका साथ हेरिँदै आएको छ ।






















































