मेचीनगर । मेचीनगरमा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले झोला बनाउने १५ दिने तालिम सुरु भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको हो ।
तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख विश्व बरालले गरेका थिए । झोला बनाउँदा आवश्यक पर्ने आकृती छनोट, बिट लगाउने, अक्रर्षक डिजाइन राख्ने लगायतका सिकाई सिकाउने बताइएको छ ।
मेचीनगर आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की अध्यक्षतामा जेठ २६ गतेदेखि असार १० गतेसम्म पन्द्र दिन सञ्चालन हुने तालिमको उद्घाटन शत्रमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटा, मेचीनगर कार्यपालिका सदस्य तिलजा देवान, उद्योग वाणिज्य संघ उपाध्यक्ष निर्मला चौहान भण्डारी, उद्यम विकास सहजकर्ता अश्विनी कुमार भट्टराई, प्रशिक्षक शुष्मा राजवंशीको आतिथ्यता रहेको थियो ।
अश्विनी कुमार भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम सहजकर्ता गंगा सोरेनले संचालन गरेकी थिइन् ।






















































