मेचीनगर । काकरभिट्टा खानेपानी उपभाेक्ता संस्थाकाे मतगणना सूरू भएकाे छ । बिहान मतपत्र छुट्याएर गणनाकाे लागि तयार पार्ने काम (सर्टिङ) सुरू भएकाे निर्वाचन समितिका संयाेजक राजु कार्कीले बताए। वका अनुसार ६ ठाउँमा मतगणना गरिनेछ । आज राति १० बजे सम्ममा गणना परिणाम आउनसक्ने उनको भनाई छ ।
हिजाे भएको मतदानमा ५०२० मत खसेको छ । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदानमा ७४.१४ प्रतिशत मतदान भएको छ ।
काकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाका सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।






















































