मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जारी मतगणनाको पारम्भिक नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीको अग्रता कायमै रहेको छ ।
पछिल्लो पटक ६ सय मत परिणाम अनुसार लोकतान्त्रिकका अध्यक्षका रोहित २५६ ल्याएर लिड गरेका छन् ।
प्रगतिशील समाजवादी प्यानलका अध्यक्षका उम्मेद्वार सन्तोस आचार्यको २२४ र रास्वपाका अध्यक्षका उम्मेद्वार सुदर्शन खड्का ५१ मत प्राप्त भएको छ ।
प्रगतिशील समाजवादी प्यानलका उपाध्यक्ष गोबिन्द गिरी ३०२ लोकतान्त्रिकका उपाध्यक्ष राजु दाहाल १४५ र रास्वपाका उपाध्यक्ष कृष्ण सुवेदी ६७ मत रहेको छ ।
सचिवमा लोकतान्त्रिकका विशाल तामाङको १५१, प्रगतिशीलका सचिव दिलिपजंग सुब्बाको १३७, र रास्वपाका सचिवका उम्मेदवार नरेन्द्र शिवाकोटीले ६१ मत प्राप्त भएको छ ।
त्यस्तै प्रगतिशील प्यानलकी कोषाध्यक्ष बिमला तामाङले २५६ लोकतान्त्रिककी विमला देवकोटाले २०० र रास्वपाकी कोषाध्यक्ष सुधादेवी खड्काले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।






















































