मेचीनगर । कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले देशमा आर्थिकमन्दीसँगै वेरोजगारी बढेपछी युवाहरु पलायन बढेको भन्दै पलायनलाई रोक्न स्वरोजगार कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
झापाको मेचीनगर नगरपालिका-७ स्थित आयाबारीमा सञ्चालित माई वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टरको प्रथम बार्षिकोत्सवसहित विद्युतीय सवारीको आधिकारिक बिक्रेताको उद्घाटनपछि सम्बोधनका क्रममा प्रमुख अतिथि प्रमुख खापुङ्गले उक्त कुरा बताएका हुन् ।
आर्थिक मन्दीपछि ब्यवसायिक कारोबारमा कम हुनु, उपभोग्य सामाग्रीको महङ्गी वृद्धिका कारण ब्यवसायी पलायन हुँदै गएकोप्रती चासो दिँदै त्यसलाई रोक्न युवा आफै जागरुक हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रमुख अतिथि खापुङले दुई र तीन पाङ्गे बिद्युतीय सवारी साधानको समेत उद्घाटन गरेका थिए ।
उनले रिकन्डिशन सर्भिस सेन्टरका संचालक युवा ब्यवसायी ओमप्रकाश खापुङ्गले २५ बढीलाई रोजगारी दिएर ब्यवसायलाई चलायमान गरेकोप्रती उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुँवेर खापुङ्गले युवा लागुऔषध दुर्ब्यशनी प्रयोगकर्ता र ओसारपसार नियन्त्रण हुनुपर्नेमा झन् बढेको भन्दै नियन्त्रणका लागि अभिभावक सचेत हुनुपर्नेमा जोड दिएका थिए । उनले प्रहरीले नै सबै थोक सुधार गर्छ भन्ने आमनागरिकको सोच भएकाले गलत बिषयलाई सुधार गर्न समाजका प्रत्येक घरका अभिभावकको महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बुले कार्यक्रमको जानकारीसहित स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस झापा उप–सभापति केशवराज पाण्डे, यातायात ब्यवसायी डिल्लीराम घिमिरे, नाटाका उदयकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सर्भिस सेन्टरमा सवारी साधन मर्मत, पुराना सवारी साधन खरिद बिक्री, सम्पूर्ण सवारी साधनका मोटर पार्टस बिक्री, गाडी रिजर्वको ब्यवस्था, सवारी साधन धुलाई तथा सरसफाई, बिद्युतीय सवारी साधन बिक्रीलगायतका सेवा रहेको कार्यकारी ब्यवस्थापक खापुङले जानकारी दिए ।
सर्भिस सेन्टरका कार्यकारी ब्यवस्थापक ओमप्रकाश खापुङको अध्यक्षतामा मंगलबार भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बु फियाकले गरेकी थिइन् ।






















































