बिर्तामोड । पछिल्लो समयमा युवा लागुऔषध दुर्व्यसनीको सिकार बनेपछि स्थानीय सरकारले विद्यालयमै सचेतना सुरु गरेको छ ।
झापाको बिर्तामोड वडा नम्बर -१ ले स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्था बुझेर त्यसको न्यूनीकरणमा बजेट बिनियोजन गर्दै लागुऔषध दुर्ब्यशनीबारे सचेतना गरेको हो ।
ग्रिन फिल्ड वर्ल्ड स्कुलमा झापा टुडे मिडिया प्रालिले दुई दिवसीय लागुऔषध दुर्व्यसन र बालश्रमविरुद्ध चेतनाअभिबृद्धी सम्पन्न गरेको हो ।
पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सचेतसहित सुधार ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले दुर्ब्यशनिको स्वास्थ्यवस्थासहित भविष्यबारे सचेत गर्दै सहजीकरण गरेका थिए ।
पहिलो दिन बिर्तामोड-१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुल तथा दोस्रो दिन ग्रिन फिल्ड वर्ल्ड स्कुलका ४ सयबढी विद्यार्थीलाई चेतनाअभिबृद्धीको सहजीकरण गरिएको थियो ।
बुधबार समापनका प्रमुख अतिथि बिर्तामोड वडा नम्बर-१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे र ग्रिन फिल्ड वर्ल्ड स्कुलकी निर्देशक मनिषा बस्नेतले कार्यक्रम उपलब्धि र लक्षपूरा भएको बताए ।






















































