मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक सञ्चारकर्मीहरुका लागि पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगरको सहयोग तथा मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा त्यहाँ कृयाशिल पत्रकारका लागि शनिबारदेखि दुईदिने विकास पत्रकारिता तालिम सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले व्यानर पढेर तालिमको उदघाटनपछी सम्बोधन गर्दै उप्रेतीले नगरको समग्र विकासमा सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नगरको समग्र बिषयलाई ध्यान लगाउँदा केही कमजोरी भएको स्वीकार गर्दै उपप्रमुख उप्रेतीले आगामी दिनमा त्यसलाई आगामी दिनमा सुधार तथा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेेेचीनगर-७ वडाअध्यक्ष प्रह्लादमणि ओली, प्रेस कल्ब मेचीनगरका अध्यक्ष डम्बर बराल, प्रेस क्लब मेचीनगरका पुर्वअध्यक्ष मुक्ति पौडेलले शुभकामना मन्त्वय राखेका थिए ।
उद्घाटन कार्यक्रमपछि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले पत्रकार आचारसंंहिता र कार्यान्वयनमा देखिएको समस्याबारेमा सहजीकरण गरेका थिए । त्यस्तै नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य मोहन काजी विकास पत्रकारिताको बारेमा र प्रदेश सदस्य पत्रकार ज्ञानेन्द्र निरौलाले विकास पत्र्कारितामा देखिएका चुनौतीका बारेमा सहजीकरण गरेका थिए ।
मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित विकास पत्रकारिता तालिममा मेचीनगरका ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए । 






















































