झापा । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । यसअघि निगमले निरन्तर दुई पटक मूल्य घटाएको छ ।

२ महिना यता मुल्य घटेर आएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।