बिराटनगर । सञ्चार क्षेत्रलाई संरक्षण प्रबर्द्धन गर्न कोशी प्रदेश सरकारले दुई करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।प्रदेशका सबै क्रियाशील सञ्चार माध्यमहरुको अभिलेख राखिने र एकद्वार प्रणालीबाट लोककल्याणकारी विज्ञापन वितरण गरिने बजेटमा घोषणा गरिएको हो ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राम रानाले प्रस्तुत गरेको आव २०८१/०८२ को वार्षिक बजेटमा उक्त कुरा उल्लेख छ ।

मुख्यमन्त्री पदमा हिक्मत कार्की रहँदा यसअघि पनि सञ्चार क्षेत्रका लागि उल्लेख्य बजेट छुट्याइएको थियो । बजेटमा गरिएको घोषणा अनुसार बिनियोजित अढाइ करोड रुपैयाँ सञ्चार क्षेत्रको संस्थागत विकास र पत्रकारहरुको क्षमता विकासमा खर्च गरिने बताइएको छ ।