चारआली ।  संघीय सरकारको १ करोड १६ लाख बजेटमा झापाको मेचीनगर-१३ को छबिलाल मार्गमा नवनिर्मित प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा निर्माणपछि प्लमवाल भत्किएको हो ।IMG_20240617_114915नवनिर्मित वाल १० फुट अग्लो करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । 

माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो बाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको हो ।

लोकल इन्फ्रासक्टटचर डेभलपमेन्ट प्रोजेक्ट इटहरी र झापाको मेचीनगर-१० को ठेकेदार एसयुएन कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।IMG_20240617_115021योजना सम्पन्न गर्न प्रोजेक्टका इन्जिनियर परलाद दाहाल र ठेकेदार कम्पनीका नयन बरालले निर्माण गर्ने जिम्मा लिएका थिए । सम्झौंतापछि ठेक्का पाएको कम्पनीले ठेकेदार दिलिप राजबंशीलाई योजनाको काम सम्पन्न पेटी ठेक्का दिएका थिए । दिलिप राजबंशीले पनि अर्का ठेकेदार अतुल चौधरीलाई पेटी ठेक्का दिएका थिए । 

संघीय सरकारबाट ठेक्का पाएका र ठेकेदारबाट पेटी ठेक्का पाएका ठेकेदारले मनोमानी रुपमा निर्माण गर्दा उक्त क्षति भएको स्थानीयको आरोप छ ।

उक्त बाटोको एकातर्फ सिचाइँको पैनीलाई पनि बाटोमै राखेको र बैकल्पिक पैनी नहुँदा समस्या हुँदै आएको स्थानीय कृषकको गुनासो छ ।IMG_20240617_115315संघीय सरकारको १ करोड १६ लाखको टेन्डर भएपनि ठेकेदार कम्पनीले कम मूल्य वा ९६ लाख, २४ हजार, ४ सय ७९ रुपैयाँ ६ पैसामा योजनाको काम सम्पन्न गर्ने भनी ठेक्का सम्झौंता गरेका थिए । ३३ फुटे चौडाई र ६५० मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ प्लम वाललसहित ग्रावलका लागि ठेक्का परेको हो । IMG_20240617_114339बाटोको एकातर्फको प्लमवाल निर्माणपछि अर्को पट्टीको बाल निर्माण सुरु गरेको २ दिनपछि निर्मित वालको ७५ मिटर भाग भत्किएको छ । असार २५ गते योजनाको काम सम्पन्न मिति रहेको छ ।