IMG_20240617_140813काँकरभिट्टा । कोसी प्रदेशका खानेपानी सिचाईँ तथा उर्जामन्त्री एकराज कार्कीले सबै नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउन `खानेपानी ऐन´ ल्याउने बताएका छ्न्  । 

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सोमबार  सञ्चालक समिति तथा लेखा समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कार्कीले खानेपानी ऎन ल्याउने कार्ययोजना तयार गरेको बताएका हुन् ।IMG_20240617_141029आम नागरिकको मैलिक हक अधिकारका लागि खानेपानी ऎन बनाउन लागिएको हो । मन्त्री कार्कीले कोडियमको अतिथि दीर्घा तर्फ हेर्दै भने, `यो आर्थिक बर्षमै उक्त योजना अघि सारिएको छ । खानेपानी ऎनमा स्थानीयले त्यसको संरक्षण गर्ने नीति ल्याएको छ ।

तिनै तहको खानेपानीमा लगानी र जिम्मेवारी तथा स्वामित्व हुनुपर्ने छ । उनले सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा एटिएम वाटर सप्लाई ल्याउने योजनासमेत ल्याएको मन्त्री कार्कीको भनाई थियो । उक्त योजना पहिले (ट्रायल) परीक्षणको रुपमा ल्याउने र प्रभावकारी भए त्यसलाई ब्यप्त बनाउनेछौ।´IMG_20240617_140053उनले भ्रष्टाचारमा शून्य सहभागीताका लागि एकसय बराबर १० घरलाई नि:शुल्क धारा जडान योजना लागु गर्नुपर्नेमा जोड दिए ।  

मन्त्री कार्कीले २०३० सम्म स्वच्छ पानी सबैलाई पुर्याउने लक्ष लिएको उल्लेख गर्दै पानीको सतह घट्दै गएकाले त्यसको संरक्षणका लागि सतह बचाउ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजकले सपथ खुवाउँदै प्रमाणपत्र बितरण गरेका थिए भने प्रमुख अतिथिले अबिर फुलमाला लगाएर बधाई दिएका थिए ।IMG_20240617_140641

प्रदेस सदस्य गोपाल तामाङ, मेचीनगरका  मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, उपबिजेता सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली सम्बोधन गरेका थिए ।

अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन  ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।