सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको गोलन्जोरको सडक खण्डमा पहिरो खस्दा एउटा मालबहाक ट्रक पुरिएको छ ।
सडकमा कुदिरहेको मालबहाक ट्रकमाथि पहिरो खस्दा ट्रक पुरिएर क्षति भएको छ । गोलन्जोर-१को कुँडुलेमा बुधबार बिहान एक्कासी लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।
प्रहरीका अनुसार ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको




