आज मिति वि.सं.२०८१ असार ०६ गते बिहीबार ई.सं.२०२४ जून २० नेपाल सम्बत ११४४ तछलाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०७:०२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन शुभदायी छ । कुनै नया कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । रसरागको भाव वा कामेच्छाशक्ति पनि वृद्धि होला । पढाइलेखाइमा मना जानेछ । विपरीतलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तसुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अनावश्यक विषयमा वादविवाद हुनसक्ने योग परेको दिन छ, एकदम संयमताका साथ बोली र व्यवहार गर्नु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न कठिन होला । प्रेमको क्षेत्रमा सफलता आंशिक सफलता प्राप्त हुनेछ । समग्रमा आजको दिन ब्यर्थ खेर गएको अनुभूति हुन सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ । नयाँ कामको सुरुवात गर्न आजको दिन खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा भने नाम रहने छ । मनमा दुविधा रहन सक्ने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रेम र मित्रताको बन्धन कसिने तथा वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल-अचल सम्पत्तिको कारोवार हुन सक्छ । यात्राको पनि योग रहेको छ । मित्र एवम् आफन्तजनबाट सहयोग पाइनेछ । पराक्रम वृद्धि होला । धन मान महत्व बढ्नेछ । आरोग्यता रहनेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम पुनः सुरु भइ मनमा प्रफल्लता छाउला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । धार्मिक तथा परोपकारको क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने समय छ । आरोग्यपन बढ्नेछ । रसरागमा मन जाला । सुख वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय खासै नराम्रो नभएपनि आजको दिन खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ, सावधानी अपनाएर समस्या टार्न सकिनेछ । आजको दिन सवारीसाधन चलाउदा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित हुनेछ । उच्चाधिकारीको साथ मिल्ने समय छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): धनलाभको योग छ । अप्रत्यासित किसिमले लाभ हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति होला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । ठुला ब्यक्तिसंग फलदायी भेटघाट होला । रसरागमा आकर्षण र सुख बढ्नेछ । ब्यस्तता बढेपनि दिन खुशीसाथ बित्ने छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुन सक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने रोकिएका काम सुचारु हुने सम्भावना प्रवल छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल वृद्धि होला । रसरागमा रुचि बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम पाउने योग छ । धन आर्जन गर्ने अवसर मिल्ला । कृषिको कामबाट विशेष लाभ हुनेछ । आज लेनदेको काम भरसक नगरेकै बेस होला । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूको भर पर्दा काममा धोका हुने र स्वास्थ्य पनि बिग्रन सक्ने समय छ । टाढाको यात्रा आज नगर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धमा पनि धोका भएको अनुभूति हुन सक्छ, धैर्य राख्नुहोला । आफन्तको सहयोग प्राप्तिको योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप बढ्नेछ । आजको दिन बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । यसका बाबजुद आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोचेअनुरुप आर्जन हुने समय छ । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । साझेदारीको काम बन्नेछ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

तपाईको दिन शुभ रहोस्