झापा । झापाको मेचीनगर नगरपालिकाले हालसम्मकै ठूलो राशीको बार्षिक नगर बिकासे योजना कार्यक्रम र बजेट प्रस्ताव पेश गरेको छ ।

नगरपालिकाको सोमबार आयोजना गरेको दोस्रो नगरसभामार्फत आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट पेश गरेको हो । उक्त प्रस्तावित बजेट नगरको हालसम्मकै ठुलो राशीको बजेट हो ।
सभामा मेचीनगरकी उपमेयर मीना पाेखरेल उप्रेतीले उक्त प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । नगरको पहिलो नगरसभाले १ अर्व ३३ करोडको बजेट ल्याएको थियो ।

प्रस्तावित बजेट नीति तथा कार्यक्रमको विषयमा छलफलपछि २०८१/०८२ का लागि पुर्ण बजेट नीति तथा कार्यक्रम घोषणा गरिने नगरसभामा जानकारी दिइएको छ ।
मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभाध्यक्षमा जारी दाेस्राे नगरसभाकाे पाँचाै अधिवेशनकाे नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट असार १२ गते बुधबार विहान ८ बजेदेखि पुर्ण बजेटका लागि छ्लफल तथा संशोधन गरी पुर्ण बजेट नीति तथा कार्यक्रमको घोषणा गरिने मेयर गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

घोषणा गरिएको बजेट प्रस्तावित पुस्तिकामा समेट्नै पर्ने नीति तथा कार्यक्रम छुटेकाले त्यसलाई संशोधन गरी समावेश गरिने जनाएको छ ।
नगर अधिवेशनमा राजनीतिक दलहरूलाई नबाेलाएकाे भन्दै काँग्रेस निकटका वडाध्यक्षहरूले विराेध जनाएका थिए ।
नगर अधिवेशनमा संघीय र प्रदेश सांसदहरूकाे सहभागिता रहेकाे थिएन । कानून अनुसार नगरअधिवेशन सञ्चालन गरिएको दावी गरे ।
विराेधमा उत्रिएका मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ र वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलालाई मेयर बुढाथोकीले सम्झाएपछि सभा शान्तिपूर्ण रूपमा सञ्चालन भएको थियाे ।
कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।






















































