मेचीनगर  । झापामा वर्षासँगै आएको चट्याङले २ जनाकाे मृत्यु भएको छ ।झापाकाे कमल र गाैरीगञ्ज गाउँपालिका २ जनाकाे चट्याङले मृत्यु भएको हाे ।मृत्यु हुनेमा कमल–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले विहानै घरबाट खेततर्फ जाने क्रममा एक्कासी परेको चट्याङ लागेर खड्का घाइते भएकाे बताए ।

उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको उनकाे को भनाई छ ।

यता, गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा विकास गिरीलाई विहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए