सुरुङा । झापाको कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा सडकखण्डमा अटोको ठक्करबाट मंगलबार एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार कनकाई नगरपालिका-३ स्थित पशुपति बोर्डिङनजिक अटोले ठक्कर दिँदा ओमप्रकाश भेटवालको मृत्यु भएको हो ।
मदरगाछबाट सुरुङ्गा आउँदै गरेको प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई-३ सुरुङ्गा बस्ने ६० वर्षीय भेटवाललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
घाइते भेटवाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
अटो र चालक कन्काई-५ मदरगाछ बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।






















































