भद्रपुर । झापाको कचनकवलमा गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।
झापाको कचनकवल गाउँपालिका-३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो ।
मंगलबार घरमा बसिरहेको समयमा उनलाई गोमन सर्पले डसेको झापा प्रहरीले जनाएको छ । उनलाई बनियानीको सर्पदंस उपचार केन्द्रमा प्राथमिक उपचार गरिएको थियो ।
उनको अवस्था गम्भीर भएपछि थप उपचाारका लागि बिर्तामोड ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






















































