मेचीनगर । झापाको मेचीनगरमा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर -३, धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी ९-१० बर्षको एउटा जंगली (भाले) हात्ती मृत अवस्थामा फेला परेको छ ।बिहीवार बिहान ७ः३० बजेको समयमा स्थानियले जंगली हात्ती मृत फेला परेको खबर गरेपछि प्रहरीको टोली घटना स्थल पुगेको थियो ।

थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, भद्रपुर र मेची सव–डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोलीले आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको जनाएको छ। 

पोष्टमार्टम तथा थप अनुसन्धानका लागि कोशीटप्पु बन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।