सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । उत्तरी सिन्धुपाल्चोकको हेलम्बु केन्द्र गरी बिहीबार राति १ः२८ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भूकम्पको धक्का ठूलै महसुस गरे पनि कुनै क्षतिको जानकारी नआएको बताए।
‘राति ठूलै कम्पन महसुस भएको थियो। तर क्षतिको जानकारी पाएका छैनौं,’ उनले भने।
२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति भएको थियो। २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो।






















































