IMG_20240628_171708बिर्तामोड  । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले पुर्वका ४० वटा शाखाका लागि दुई दिवसीय कार्याशाला सुरु गरेको छ ।

नेपाल जेसीजकाे आयोजना तथा चारआली जेसीजकाे आतिथ्यतामा ४० शाखाका ४३ जना महासचिवको सहभागिता रहेको छ ।FB_IMG_1719577177527शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि `एरिया ए´ का लागि `इन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । IMG_20240628_164136कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले जेसीजले अवलम्बन गरेको नीति र नारा सबैका लागि जीवन उपयोगी भएको बताइन् । उनले युवाको नेतृत्व र क्षमता विकासमा जेसीजले महत्त्वपुर्ण भुमिका खेल्दै आएको भन्दै उच्च प्रशंसा गरेकी थिइन् । 

कार्यक्रममा बिशिस्ट अतिथि विशाल थापा, कार्यकारिणी उपाध्यक्ष भीम कुँवर, उपाध्यक्षहरु बहादुर तामाङ, योगेश राजबंशी, घनश्याम चौधरी, गणेश सापकोटा, राष्ट्रिय महासचिव सरोज अधिकारी लगायतले सम्बोधन गरेका थिए । IMG_20240628_164020नेपाल जेसीज तालिम आयुक्त सुयोग खरेलको अध्यक्षता र चारआली जेसीजका अध्यक्ष भोजराज पराजुलीको संचालन अतिथ्यता रहेको कार्यक्रममा २०२४ मा ४० वटा जेसीज शाखाका नयाँ कार्यसमिति तथा विभिन्न बिधाका संयोजकहरुलाई   तालिम दिइने जनाइएको छ ।

उक्त कार्यशालामाको सहजीकरण  सेवक बजगाँई, रश्मि सिल्पकार, प्रदीप बिष्ट, राष्ट्रिय महासचिव सरोज अधिकारीले गर्ने चारआली जेसीजका अध्यक्ष पराजुलीले जानकारी दिए ।