धुलाबारी । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा एसी र फ्रिज मर्मत सम्बन्धी सम्पन्न एक महिने तालिम सम्पन्न भएको छ ।
स्वादेशी उत्पादन अभियान : उद्यमिको सम्मान भन्ने नारासहित आयोजना गरेको तालिममा ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमको प्रमुख मेचीनगरको उपमेयर मिना पोख्रेल उप्रेतीले तालिममा आर्जेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गरेकी थिइन् ।
कार्यक्रममा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम सापकाेटाले तालिममा सहभागीहरूलाई प्रमाणपत्र घरमा नथन्काउन आग्रह गरेका थिए ।
प्रशिक्षक आशिष पराजुली, प्रशिक्षार्थी प्रविण भण्डारी लगायतले बाेलेको कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चाैहान भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे स्वागत सचिव कमल काेइरालाले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।






















































