चितवन । सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।
दुइवटा बसमा ६३ जना यात्रु यात्रारत रहेको बताइएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले दिएको विवरण अनुसार बसका धनी चालक र सहचालकसहित ३१ जना सवार थिए।
जसमध्ये रौतहटको गढीमाई नगरपालिका(३ बस्ने वर्ष २६ का सुरज गुप्ता भने बाँच्न सफल भएको उनले जानकारी दिए । उपचारपछि हाल उनी आफन्तकोमा बसेका छन्।
चुम्बक फालेर खोजी सुरु:
पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बेपत्ता ३० जना :
-नन्दुजी (मोबाइल नम्बर ९८०९२८८६८०) सहित ५ जना ।
-अमृताजी (मोबाइल नम्बर ९८२३५२२९३९) सहित २ जना ।
-हरिशचन्द्र जी (मोबाइल नम्बर ९८६७७७७५७६) समेत २ जना ।
-शम्भु/नवीनजी (मोबाइल नम्बर ९८१९२४६८६४ ५) समेत ४ जना ।
-राजु पटेल (मोबाइल नम्बर ९८०४२८०१४२)
-नन्दन दास (मोबाइल नम्बर ९७०६९३४५५०)
-प्रिन्स जैसवाल (मोबाइल नम्बर ९८१२३५६७७८)
-सिकेन्द्रजी (मोबाइल नम्बर ९८२१२८७२७५)
-वकिल खा (मोबाइल नम्बर ९८१०३१४६४५)
-ओम (मोबाइल नम्बर ९८२६२०१०६२)
-राज किशोर (मोबाइल नम्बर ९८०३८३६३०९)
-शैलेन्द्र (मोबाइल नम्बर ९७०७४१७१४०)
-फिरोज/राहुप मिया (मोबाइल नम्बर ९७०३४६५००९)
-बस धनी राकेश जैसवाल (मोबाइल नम्बर ९८१६१०७७५३)
-सहचालक (मोबाइल नम्बर ९८२१८६२९७७)
-बसका चालक किशोरकुमार चौधरी
-नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना यात्रारत थिए ।






















































