बिर्तामोड । यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कार मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई प्रदान गरिने भएको हो ।

रेग्मी प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने लामा प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।

असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले बताए ।

यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निर्णय भएको छ । पुरस्कार डि-कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष राजु पाठकले जानकारी दिए ।