कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने डिएसपी १, प्रहरी निरिक्षक २ ,प्रबनानी २,प्रनानी ४,प्रसनि १९ ,प्रबह १५ ,प्रह ६४ ,प्रसह ५९,प्रज १४१ ,प्रकास ५ गरी ३ सय १२ जना प्रहरीहरुलाई कारवाही गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।
यस्तै, ३ जना प्रहरी वरिष्ठ उपरीक्षक २ हजार १९३ जनालाई पुरस्कृत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिए। आर्थिक वर्ष ०८०/८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र बैकिंग कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजा र ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामुलक कार्यक्रम लगायत प्रहरीले गरेका नविनतम कार्यहरुको विवरण प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिंदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी भईरहेको बताएका थिए।
अहिले कोशी प्रदेशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रदेश प्रहरी कार्यालय लागिरहेको र कुनै पनि जिल्लाहरुमा त्यस्तो खतरा नरहेको बताएका थिए। कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसंधान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने तयारी भइरहेको बताईएको छ।






















































