काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे ।
जनामध्ये १८ जना विमानमा सवार रहेको र बाहिरको मानिस हुनसक्ने उनको भनाई छ । ‘यसको पुष्टि गर्दै छौँ,’ उनले भने ।काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।
विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारीहरुको सूची यसप्रकार छ–
अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवाल र क्याप्टेन मनिष शाक्य (जीवित उद्धार गरी अस्पताल भर्ना) भएका छन् ।
जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।आधिकारिक अपडेट: मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको जनाएको छ ।
उक्त सम्बन्धमा प्रहरीले १५ जनाको मृत्यु भएको र १ जना केएमसीसहित ४ जनालाई टिचिङमा लगिएको बताएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र १ जनाको उद्दार गरिएको पुष्टि गरेको छ ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।






















































