काठमाडौं । विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्‌ । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका हुन्‌ ।

पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।

एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन्‌ । क्याप्टेन शाक्यलाई उपचारका लागि अस्पताल लगिएको हो ।