मेचीनगर ।  झापाको मेची नगरपालिकाको नेतृत्वले नगरको सबै क्षेत्रलाई स्वेच्छाचारिता ढंगले संचालन गरेको भन्दै स्थानीय ६ वटा राजनीति दलले बिरोध जनाएका छन् ।IMG_20240802_123357नगरपालिकाको कार्यशैली सच्याउन माग गर्दै  यसअघि पटकपटक ध्यानाकर्षण गराउँदै आएको ६ वटा राजनीतिक दलले नगर प्रमुखलाई  शुक्रबार संयुक्त रुपमा २१ बुँदे माग पत्र बुझाएको छ । 

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय  प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले आज विहान कार्यालय खुल्ने समय पारेर जुलुससहित नगरपालिकामा २१ बुँदे माग पत्र बुझाएको हो ।IMG_20240802_123447ज्ञापनपत्रमा स्थानीय राजनीति दलसँग समन्वय नै नगरी आफुखुसी गरिएको निर्णय सच्याइनुपर्ने, मेचीनगरकाे छुट  जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो-छरितो बनाउनुपर्ने । मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन गरेकै कारण शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य  बाहिर ल्याउनुपर्ने ।

हेर्नुस् ज्ञापनपत्र:-
IMG_20240802_115730

IMG_20240802_115749IMG_20240802_115802मेचीनगर-४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथी कार्बाही गर्नुपर्ने  ।

नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषिमण्डिको रुपमा राखिएको जग्गालाई चालू आबमा खेल मैदानको ब्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गरेका छन्।