झापा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।
परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ %) उत्तीर्ण भएका छन्। देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।























































