इलाम । इलाममा तीन जना सवार मोटरसाइकल दुर्घटनामा हुँदा बीचमा  सवार दिनेश कार्कीको मृत्यु भएको छ ।

कार्की चालकको पछाडी सवार थिए। दुर्घटनामा  दुई जना गम्भीर घाइते भएका छन्।

इलाम नगरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा  अनियन्त्रित भई दुर्घटना भएको थियो।

अन्य दुई गम्भीर घाइते भएको लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए।

मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन्।

विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ। उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए।

मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।