मेचीनगर । झापाबाट लागूऔषधसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । गएराती १० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा न. ७ घर भई हाल बिर्तामोड नगरपालिका-५ का तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ बर्षिय बिजय मगरको कोठाभित्र जुवा तास खेल्दै लागू औषध बिक्री बितरण भई रहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

मेचीनगर–९ का ४५   बर्षिय शेरबहादुर लिम्बु र अर्जुनधारा-७ का ३२ बर्षिय बिजय मगर र सोही स्थानका ३७ बर्षिय बिदुर मगर समेतलाई नगदसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–९ शान्तिटोलका २६ बर्षिय  अजय धिमाललाई शनिवार साँझ ८ः३० बजे पक्राउ गरिएको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदैं गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।  धिमाललाई शंका लागेर चेकजाँच गर्दा भिर्ने झोलामा प्वाल बनाई प्वालभित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।