ताजा
X

अलैंची मर्न थालेपछि समस्यामा कृषक

alt

इलाम । इलाम  जिल्लामा अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेपछि अलैंची कृषक चिन्तित बनेका छन् ।  समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेपछि अलैंची कृषक चिन्तित बनेका हुन् ।
गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए।
“अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उनले भने । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए। मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।
समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा पाँचका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु १० मा बिक्री हुँदै आएको छ ।
किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए । “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उनले भने। वर्षामा सलकपुरको बिरुवा लगाइन्छ ।

अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताए । यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उनको भनाइ छ ।

पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभिट्टा हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आव २०७९÷८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो  ।

१० घण्टा आँखा उपचारका लागि नेपाल प्रवेश गर्ने लागेका एक जना पक्राउ २१ घण्टा अनलाइन ठगी र ह्याकिङमा परेकाहरुको रकम फिर्ता २१ घण्टा झापामा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २८, २०८३ झापाको सुरुङ्गामा रोशन चुडालद्वारा आधुनिक `फेस कट एण्ड बचरी´ सञ्चालनमा असोज २८, २०८३ झापामा मासुको मूल्य मनोमानी वृद्धि, उपभोक्ता मारमा, नियमनकारी निकायले अनुगमन नगरेको गुनासो असोज २८, २०८३ चीनका पूर्वमेयर ह्वाङ छिफानमाथि भ्रष्टाचारको आरोप असोज २८, २०८३ पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव पर्ने असोज २७, २०८३ दशैं, तिहार, छठमा सुरक्षा प्रदान गर्न लागि देशभर ५० हजार बढी प्रहरी परिचालन असोज २७, २०८३ नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै असोज २६, २०८३ नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय ५ ‘एस’ हक्की प्रतियोगिताको तयारी असोज २५, २०८३ बाढीमा परेका ३८ जनाको नेपाली सेनाद्वारा उद्दार असोज २५, २०८३ सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित असोज २५, २०८३ वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे असोज २५, २०८३ बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो असोज २५, २०८३ काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र असोज २२, २०८३ अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा असोज २२, २०८३ स्वास्थ्य बीमा कार्यक्रममा नक्कली दाबीलाई घटाउन स्वास्थ्य बीमा बोर्डले नयाँ योजना ल्याउने असोज २२, २०८३ पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश असोज २२, २०८३ बलिउड अभिनेता नाना पाटेकरको निधन असोज २२, २०८३ चाडपर्व लक्षित बजार अनुगमन तीव्र, व्यवसायी सतर्क असोज २२, २०८३ देशका विभिन्न ठाउँमा मध्यम बर्षा हुँदै असोज २१, २०८३ झापा प्रहरीद्वारा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतासहित बैठक सम्पन्न असोज २१, २०८३ बिर्तामोडका दुई वटा फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट
01 चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन 02 अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ? 03 बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ 04 लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने 05 चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ 06 प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी 07 समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट 08 मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति 09 मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी 10 अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा 11 अलबिदा ! साली तुलसामाया (दीक्षा) 12 `जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´ 13 मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु 14 कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था 15 हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते 16 अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु 17 जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह 18 नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द 19 नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य 20 ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी 21 अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो 22 नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु 23 यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने 24 बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना 25 मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु