मेचीनगर । झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।

बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।