इलाम । इलामको माई नगरपालिका-९ मालबासेमा पहिरो जाँदा सडक अवरुद्व भएको छ । पहिरोका कारण बिर्तामोड-इलाम सडक खण्ड अवरुद्ध भएको हो । पहिरोले त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । 

मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू  र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारी भईरहेको जनाईएको छ ।