मेचीनगर । झापाको मेचीनगर नगरपालिकाभित्र सञ्चालन हुने सवारीसँग नगरले वार्षिक रुपमा शुल्क अशुल्ने भएको छ । नगरभित्र सञ्चालनमा आएका ठुला तथा साना सवारीबाट दैनिक रुपमा कर शुल्क लिन थालेको मेचीनगरले आफ्नो निर्णय सच्याउँदै वार्षिक रुपमा कर शुल्क लिने निर्णय गरेको हो ।

नगरले लिइँने करको शुल्क रकम बढी भएको भन्दै सर्वसाधारणको चर्को बिरोधपछि नगरले तत्कालका लागि कर संकलन नगर्ने भनी सूचना जारी गरेको थियो ।FB_IMG_1724146518521नगरले सवारी साधन पार्किङको ठेक्का लगाइसकेकाले सवारी सञ्चालकले दैनिक रुपमा तिर्ने करको समय संशोधन गरी वार्षिक कर शुल्क लिने निर्णय गरेको मेचीनगरको सामाजिक संजालमा नगरका प्रमुख प्रशासकीय प्रमुख अग्निप्रसाद अधिकारीद्वारा हस्ताक्षारसहित पोस्ट्याइएको `स्थगन खुल्ला गरिएको सम्बन्धमा´ बिषयक पत्रमा उल्लेख छ । 

तर, सामाजिक संजालमा पोष्ट गरेको पत्रमा सर्वसाधारणले बुझ्ने गरी कुन र कस्ता सवारी साधानले कति कर शुल्क तिर्ने भनी उल्लेख गरेको पाइँदैन । उसले ठेकेदार र सवारी धनीबीचको समन्वयमा वार्षिक कर शुल्क लिने उक्त पत्रमा उल्लेख छ । नगर आफैले  निर्धारण गरेको करको दररेट सार्वजनिक सूचनामा नखुलाइनु र ठेकेदारलाई नै सर्वसाधारणसँग कर शुल्क समन्वयको जिम्मा दिँदा थप समस्या आउने सर्बसाधारणको गुनासो छ । 

दैनिक निर्धारण गरेको शुल्कको दर यस्तो छ: IMG_20240820_164442यसअघि निजी ठुला तथा साना सवारी साधनको पार्किङ करशुल्क उठाउने जिम्मा पाएको ठेकेदार सन्तोषकुमार मेचेले नगरपालिकाले जारी गरेको कर शुल्कभन्दा बढी रकम अशुल गरेको पाएपछि सवारी धनीले चर्को बिरोध गरेका थिए । बिरोधपछि नगरपालिकाले आफ्नो निर्णय सच्याउन बाध्य बन्नु परेको थियो । नगरले कन्टेनरलाई ३ सय, ट्रक-ट्रिपरलाई १५०, लहरी ट्रक र जेसिभीलाई १००,  निजी बस ट्रकलाई १००, स्कुल बस र मिनिट्रकलाई ५०, ट्याक्टरलाई ३०, ट्यासी-जिप-कार-भेनलाई २०, ट्याम्पुलाई १५ र सिटीलाई ५ रुपैयाँ पार्किङ कर शुल्क तोकेको छ ।

नगरपालिकासँग सवारीको तथ्यांक छैन:

मेचीनगरले करको दायरामा राखिने सवारी साधनको तथ्यांक नै राखेको पाइँदैन । नगरमा सिटीको मात्रै दर्ता भएकाले अन्य सवारी साधनको तथ्यांक नभएको जनाइएको छ । अझ भन्ने हो भने नगरका निजी सवारीको झण्डै आधा हिस्सा ओगटेको भारतीय सवारीको समेत तथ्यांक नभएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । पुर्वाधार उपयोग शुल्क लिने कानुनी अधिकार भएकाले ७४ को दफा ११ को `घ´ बमोजिम लिन पाउने अधिकार रहेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । 

अन्य कुनैपनि नगरले सुची राखेको छैन । पुरानै शैलीमा सवारीको पार्किङ कर शुल्क लिइँदै आएको छ । नगरमा कस्ता कति सवारी साधन छन् त्यसको तथ्यांक संकलन गरी सुची गर्न तयारी गर्दैछौं, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने,`केही सवारीको तथ्यांक चै छ तर, सबैको तथ्यांकसहितको सूची छैन । अब त्यसका लागि समिति बनिएको छ । ।´

नगरपालिकाले ९५ लाख रुपैयाँमा ठेक्का खुलाएको राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । उनले पहिला भन्दा करको दर पनि बढाएको हुनाले केहि रकम थप गरिएको उनले जानकारी दिए ।