उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।
अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।
एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको एपीएफले जनाएको छ । साथै मनकामना गण २३ भानु तनहुँबाट ३५ जनाको टोली उद्दारमा खटिएको छ ।
अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्दारमा डोरीको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ । भिर भएका कारण तुइँन रोपको सहायताले बास्केटस्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याइएको थियो।
पोखराबाट काठमाडौंको लागि भारतीय पर्यटक बोकेको बस मर्स्यान्दी खसेको थियो । बसमा ४० जना सवार रहेका थियो ।























































