काँकरभिट्टा । बिश्व बजारमा शौन्दर्य क्षेत्रलाई महत्त्वपूर्ण स्थान दिइदैआएको छ । नेपालमा पनि शौन्दर्यलाई जीवनशैलीसँग जोडेर जीविकोपार्जनको श्रोत बनाएको पाइन्छ । सीप, दक्षता, क्षमता र योग्यताबाटै शौन्दर्यलाई अझ निखारतामा ढाल्न सकिने भएकाले पछिल्लो समयमा यो क्षेत्रमा महिला तथा युवतीको क्रेज उत्तिकै बढेको छ ।
शौन्दर्यलाई निखारता दिने उद्देश्यले झापाको मेचीनगरमा पहिलो पटक `डिभाइन मेकअप स्टुडियो´ सुरु भएको छ ।
पुर्बीनाका मेचीनगर-६ कि साक्षी बस्नेतले शौन्दर्य ट्रेनिङ सेन्टरको रुपमा काँकरभिट्टाको देवकोटा पार्कको उत्तरमा स्टुडियो शनिबार औपचारिक रुपमा सुरु भएको छ ।
महिलाका लागि बस्त्रालय, नेल आर्ट, हेयर आर्ट, पेन्ट्स, आइब्रो लगायतमा शृङ्गारमा शैद्वान्तिक र प्रयोगात्मक तरिकाबाट शौन्दर्य सिकाइने डिभाइन मेकअप स्टुडियोका सञ्चालिका बस्नेतको भनाई छ ।
साथै अनलाईन क्लोजिङ कपडा, माला तथा अन्य शृङ्गारका सामग्रीको अडरअनुसार होम डेलिभरीको सुबिधा दिइने योजना बोकेको छ । स्टुडियो आरम्भको अवसरमा तालिम लिन इच्छुक महिला तथा युवतीहरुलाई विशेष छुट प्याकेज अफर प्रदान गरेको उनले सुनाइन् । तालिम सिकिसकेपछि ब्युटीपार्लर सिक्न र सिकाउन सक्ने आधारका लागि प्रमाणपत्र समेत बितरण स्टुडियोले गर्ने जनाएको छ ।
पाँच लाख रुपैयाँले ब्यवस्थापन गरेर `डिभाइन मेकअप स्टुडियो´आरम्भ गरेको छु, सञ्चालिका बस्नेतले भनिन्,`२ वर्षको अथक प्रयासपछि आज तालिम सेन्टर आरम्भ गर्न सफल भएँ, यो सफलताको श्रेय मेरा बुवाआमा नै हुनुहुन्छ ।´
तालिमपछि बिदेश गइनन् साक्षी:
महिला तथा युवतीहरु शौन्दर्यको तालिम लिएपछि स्वरोजगार बन्नुभन्दा बिदेशिने क्रम बढेको समयमा साक्षी बस्नेतले स्वरोजगार रोजेकी छन् ।साक्षीलाई आफुले सिकेको योग्यता, सीप, क्षमतालाई किन पलायन गर्ने, बरु आफैले जानेको बिषयमा स्वरोजगारको प्रयास खोज्जौ भन्ने सोच जागेर आयो । आरम्भअवसरमा आगन्तुक पाहुँनासँग अलि ब्यस्त रहेकी उनले स्टुडियोबाट २/४ जनालाई राम्रो रोजगारी दिएर राम्रो आम्दानी गर्ने बताइन् ।
स्वरोजगार बनाउनुमा अभिभावकको मुख्य भुमिका रहेको उनको भनाई छ । स्नातक अध्ययन सकेर बिदेशिने योजना मेरो थियो, उनले भनिन्,` बुवाआमाकाे अनुरोधमा २ वर्ष शौन्दर्यको तालिम लिएपछि मलाई पनि नेपालमै स्वरोजगार बन्ने आँट जागेर आयो, त्यसपछि तयारी सुरु गरें।´
चार सदस्य भएको परिवारकी जेठो सन्तानको रुपमा रहेकी साक्षीको बहिनी छन् । सानैदेखि शौन्दर्यको क्षेत्रमा झुकाव राख्दै आएकी उनि ठूलो हुँदा पनि शौन्दर्य वा भित्रको हलुका-सीपमुलक काम गर्न असाध्यै रुचि राख्दै आएकोसमेत सुनाइन् ।























































