झापा । करिब दुई वर्षसम्म आमा नदेखेका झापा मेचीनगरका सञ्जय कवँरले कुवेतमा रहेकी आमा बिनादेबीलाई देख्न पाउने भएका छन् ।
डेढवर्ष यता ओमन सलालास्थित सुल्तान काबुस अस्पतालमा अचेत अवस्थामा उपचारर्थ रहेकी आमालाई भेट्न सांसद विश्वप्रकाश शर्माले समन्वय गरिदिएपछी सञ्जयको आमालाई हेर्ने धोको पूरा हुने भएको हो ।
सञ्जय कवँरले ओमनको अस्पतालमा जीवनमरणकाे दोसाँधमा रहेकी आफ्नी आमा बिनादेबीलाई ल्याइदिन प्रेस क्लब मेचीनगरमा पत्रकारसँग अपिल गरेका थिए ।
झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले ओमनका राजदुतसँग समन्वय गर्दै ब्यवस्थापन मिलाएपछी सञ्जय कवँर आमा हेर्न ओमन जान काठमाण्डाैंं पुगेका हुन् ।
झापा मेचीनगर-१० कवँरवस्तीमा घर भएकी बिनादेबी २०७५ सालमा भारतको बाटो हुँदै ओमन पुगेकी थिइन् । ओमनमा काम गर्ने क्रममा उनी लडेपछी शरीरका अंग नचल्ने अवस्थामा पुगेको त्यहाँस्थित दूतावासले जनाएको छ ।
बिनादेबीलाई नेपाल ल्याउन मेडिकल पर्सनसहित एयर एम्बुलेन्सनै आवश्यक पर्ने र उक्त ब्यवस्थापन गर्न १५ लाखबढी खर्च लाग्ने नेपाली राजदुत डाेरनाथ अर्यालले बताएका थिए ।
सांसद बिश्वप्रकाश शर्माले उक्त बिषयमा दुबै देशका राजदुतसँग समन्वय गरी सञ्जय कवँरलाई आमाको अवस्था बुझ्न ओमन पठाउने योजनानुसार काठमाण्डाै पुगेका हुन् ।
सञ्जयकाे ओमन जाने सबै प्रकृया पुरा भएकाे र केही दिनमा नै बिरामी आमाले सञ्जयले भेट्ने शर्माले बताए ।























































