अर्जुनधारा । झापा अर्जुनधारामा १६ बर्षकी युवतीमाथि भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ । 

त्यसअघि प्रहरीले हिजो बिहानै नै सोही घटनामा चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए ।

युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजनका दईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए ।