कचनकवल । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल-१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उनेले भने, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक-पटक बाटो खन्न खोज्दा अवरोध गररिदै आएको उनको भनाई छ ।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए । हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं । कचनकवल-१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको वडाध्यक्ष लिम्बुले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उनले दिए ।























































