एजेन्सी । लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । बेरुतमा हिजबुल्लाह कमाण्डरको हत्यापछि आक्रमण भएको हाे ।
हिजबुल्लाहले गत महिना बेरुतमा एक वरिष्ठ कमाण्डरको हत्याको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको हो ।
इजरालयले पूर्व-एम्प्टिभ स्ट्राइकको साथ धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको छ ।
गाजामा प्यालेस्टिनी समूह हमासविरुद्ध युद्ध गरिरहेको इजरायलको लेबनानको हिजबुल्लाहबीच पनि शत्रुतापूर्ण सम्बन्ध छ। दुई समूहबीच तिक्तता चुलिएपछि आइतबार भएको सबैभन्दा ठूलो गोलीबारी हो ।
करिब एकसय इजरायली जेटहरूले आक्रमण गर्नुभन्दा केही समय अघि दक्षिणी लेबनानमा ४० भन्दा बढी हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको थियो । हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र ३२० भन्दा बढी कात्युशा रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको बताएको छ । हिज्बुल्लाहकले इजरायलले बेरुतमा गत महिना एक वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्याको प्रतिक्रियाको 'पहिलो चरण' पूरा गरिसकेको र पूर्ण प्रतिक्रिया आउन 'केही समय' लाग्ने उल्लेख गरेको छ ।
गत महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा क्षेप्यास्त्र आक्रमणमा १२ जना युवाको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचको तनाव बढ्ने अपेक्षा बढेको थियो।























































