मेचीनगर । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।  आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने अन्दाजी वर्ष २० का सुमित सुनुवारलाई चेकजाँच गरेको थियो ।त्यसक्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।कमल गाँउपालिका वडा नम्बर ७ स्थित एकता चोकका १९ बर्षिय मिलन बस्याल प्रतिबन्धित औषधिसहित र मेचीनगर–१० का अन्दाजी २० बर्षिय सुमित सुनुवारलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गौरादह र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बस्यालको घर कोठामा तलासी लिदा प्रतिबन्धित औषधी एन्टिकफ ट्यावलेट २२५ पत्ता (२२५० पिस), ट्रामाडोल ७० पत्ता (७०० पिस) फेला परेकोले रितपुर्वक बरामद गरि नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।