झापा । नेपाल सरकारले बिक्री बितरणमा प्रतिबन्ध लगाएको औषधि ओसारपसार गर्ने ४ जनालाई नियन्त्रण लिइएको छ । झापाको शिवसताक्षी र दमक नगरपालिकाबाट प्रतिबन्धित औषधिसहित चारजना पक्राउ परेका छन् । शिवसताक्षी-११ दुधे चौकबाट तीन जना र दमक-५ का एकजना प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन् । दुधेबाट पक्राउ पर्नेमा शिवसताक्षी-१० माइधारका २२ बर्षिय दिपेश तामाङ, शिवसताक्षी-९ झरना चौकका २५ बर्षिय सिमान्त सुब्बा र शिवसताक्षी–३ धरमपुरका १९ बर्षिय श्याम दर्जी र दमक-५ का २० बर्षिय अर्जुन कार्की छन् ।
उनीहरुलाई गएराति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माइधारतर्फ जाँदैं गरेको प्र १-०१-०१५ प ३२२ नम्बरको स्कुटरलाई शंका लागेर चेक जाँच गर्ने क्रममा स्कुटरको डिकिभित्र प्रतिवन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको स्कुटरको डिकिबाट Tramadol–१७४ क्याप्सुलमध्ये ८ वटा क्याप्सुल प्रयोग गरी १६६ क्याप्सुल बाँकि रहेको, Coliban –१६० क्याप्सुल मध्ये ६ वटा प्रयोग गरी १५४ वटा क्याप्सुल बाँकी रहेको फेला परेको थियो ।
उक्त औषधि र स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
त्यसैगरी गएराती १ बजे दमक–५ का कार्कीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले शंका लागि रितपुर्वक तलासी लिदा झोलाभित्र लुकाई छिपाई बोक्दै गरेको प्रतिवन्धित औषधि tramadol hydrochloride capsules lp 50 mg लेखेको २०० क्याप्सुल र dicyclomine hcl tablets lp 20 mg लेखेको २०० क्याप्सुलसहित कार्कीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






















































