मेचीनगर । शिक्षा युवा तथा खेलकुद शाखा मेचीनगरले सामुदायिक र संस्थागतका अध्ययनरत विद्यार्थी र अध्ययपन गराउने शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा बुधबार आयोजित समारोहबीच सामुदायिक र संस्थागतमा अध्ययनरत विभिन्न तहका  ११७ बढी विद्यार्थी र शिक्षक-शिक्षिकालाई नगदसहित सम्मान एबम् पुरस्कृत गरेको हो ।IMG_20240918_191234समारोहमा शिक्षक, प्रअ, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगरकि उपमेयर मिना उप्रेती पोख्ररेलले  सम्मानपत्र र पुरस्कार बितरण गरेकी थिइन् ।

उनले आधारभूत तह उत्तीर्ण परीक्षा, एसईई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कक्षा ८ को नगरस्तरीय परीक्षामा ४ जिपीए ल्याउने विभिन्न विद्यालयका ३६ जना विद्यार्थीहरुलाई नगद १ हजार र सम्मानपत्र प्रदान गरियो । त्यस्तै एसईई र कक्षा १२ मा उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीलाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरियो । BeautyPlus_20240918130854029_saveजसमा सामुदायिक छात्रातर्फ सरस्वती बालकल्याणकी युना गौतम(३.८७), छात्रतर्फ भानु माविका सुगम सुवेदी(३.७३) तथा संस्थागत छात्रातर्फ इष्टहोराइजन अंग्रेजी माविकी साक्षी ओझा(३.८६), छात्रतर्फ सिताराम सामुदायिकका विराज प्रसाईं(३.९) ले नगद ५ हजार तथा सम्मान पत्र प्राप्त गरे । 

त्यसैगरी कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक छात्रातर्फ कवि शिरोमणि माविकी उषा निरौला(३.७), छात्रतर्फ धुलाबारीका आदित्य खनाल(३.६१) तथा संस्थागत छात्रातर्फ ईष्टहोराइजनकी उत्साह पौडेल(३.६८), छात्रतर्फ हिमालय एकाडेमीकी अनुपा दाहाल(३.६१)लाई नगद ५ हजार तथा प्रमाणपत्रले सम्मान गरियो । BeautyPlus_20240918130830250_saveसमारोहमा उत्कृष्ट प्रधानाध्यापकतर्फ सरस्वती बाल कल्याणका नारायण न्यौपानेलाई उत्कृष्ट एसईई नतिजाका आधारमा सम्मान गरियो । त्यसैगरी एसईई २०८० मा विषयगतरुपमा शतप्रतिशत नतिजा दिलाउन सफल विषय शिक्षकलाई समेत सम्मान गरियो । 

जसअन्तर्गत पवित्र माविबाट विष्णु अधिकारी(विज्ञान÷ऐ गणित), सिर्जना फुयाँल(लेखा), बाल कल्याण माविबाट दिपाकुमारी भारती(नेपाली), नारायणप्रसाद कोइराला(सामाजिक), प्रकाश शर्मा घिमिरे(ऐ गणित), मेची जनसाधारण माविबाट रमेश भारती (अर्थशास्त्र), पुरुषोत्तम नेपाल(ऐ गणित), पुष्करनाथ शर्मा (लेखा)लाई सम्मान गरियो । त्यसैगरी सहिद दशरथ चन्द माविबाट बालकृष्ण पौडेल(लेखा), बालसुवोधनी मावि रोहित राजवंशी (लेखा), शिवराम श्रेष्ठ(ऐ गणित) तथा प्राविधिकधारतर्फ सुमन वास्तोला, डा. सिताराम यादव, निर्माणराज प्रसाईं, डा. महेन्द्रप्रसाद मण्डल, कल्पना गौतम  सम्मानित भए । BeautyPlus_20240918124437755_saveसामुदायिक विद्यालयका प्रअतर्फ ६ जना सम्मानित भए । लिला मिजार(जनता मावि), चन्द्रशेखर गुरागाईँ(मेजसा), सबिता दाहाल(जनकल्याण मावि), नारायणप्रसाद न्यौपाने(बाल कल्याण मावि), घनश्याम पोखरेल(कन्चन्जंघा मावि), खेमराज खनाल(भानु आवि)लाई सम्मान गरियो । त्यस्तै संस्थागततर्फ इष्ट होराइजन मावि, अरुणोदय मावि, लोफोफोरस मावि, पारिजात अंग्रेजी मावि, सौरभ नमूना मावि, अक्सफोर्ड अंग्रेजी मावि र सुप्रभा अंग्रेजी माविलाई सम्मान गरियो । BeautyPlus_20240918130722038_save 1त्यसैगरी उत्कृष्ट बाल शिक्षकमा काँकरभिट्टा माविकी भिमा भेटवाल र कर्मचारीतर्फ जनकल्याण प्राविका दिपक शर्मा(अपाङ्ग समूह) पुरस्कृत भए । संस्थागत सम्मानतर्फ बाहुण्डाँगी जेसीज, चेतनशील सामुदायिक अध्ययन केन्द्र, उत्कृष्ट बालक्लबमा प्रकृति बालक्लब शिशुसाक्षर आवि, उत्कृष्ट जुनियर रेडक्रसमा बालसुबोधनी मावि, उत्कृष्ट स्काउट दलमा सामुदायिकतर्फ आदर्श स्काउट दल आदर्श मावि, संस्थागततर्फ तारापुन्ज मावि र गुरुकुलतर्फ ॐकारेश्वर गुरुकुल पुरस्कृत भए । BeautyPlus_20240918124505150_saveत्यस्तै एसईई २०८० मा शतप्रतिशत नतिजा निकाल्ने हिमालयन एकाडेमी, सरस्वती शिक्षा सदन, सनसाईन अंग्रेजी मावि मेचीनगर–८, सनसाईन अंग्रेजी मावि मेचीनगर–२, मिनिल्याण्ड अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, थेसिस अंग्रेजी मावि, दुर्गा आवासीय अंग्रेजी मावि र बालबाटिका अंग्रेजी मावि सम्मानित भए । 

संस्थागत विद्यालय शिक्षकतर्फ कविता शर्मा (इष्टहोराइजन), मिना पोख्रेल निरौला (सरस्वती शिक्षा सदन), आशिष शिवा ( थेसिस), चम्पा तामाङ (नक्कलबन्दा), शान्ताकला ढकाल (बालबाटिका), क्यामुना थापा (झापा नेशनल) र शर्मीला सुब्बा (सुर्योदय) सम्मानित भए । त्यसैगरी कर्मचारीतर्फ यमुना सुवेदी (लौहोत्से), कृष्णकुमारी माझी (दोकानडाँडा), धनबहादुर बुढाक्षेत्री (लिभिङ फाउण्डेशन) र भोजराज श्रेष्ठ (सिताराम सामुदायिक) सम्मानित भए । BeautyPlus_20240918130621418_saveकार्यक्रममा एन्–प्याबसन मेचीनगर अध्यक्ष कबिन्द्र श्रेष्ठ, शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकाल, वडा नं ५ का अध्यक्ष कनकबहादुर कार्की, प्रमुख अतिथि नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीलगायतले बोल्दै शिक्षाका समसामयिक विषयवस्तुमाथी सुझाव तथा टिप्पणी राखे । BeautyPlus_20240918114943898_saveसो अवसरमा शिक्षक नेता तथा प्रतिनिधि बक्ताहरुले नगरले शिक्षा क्षेत्रको बजेटमा केही थप गरेको बताउँदै आगामी दिनमा अझ पर्याप्त हुने गरी बजेटको व्यवस्थापन, मासिक तथा समयमै तलब भर्पाई तथा सेवा सुबिधा बढाउनेतर्फ वडाध्यक्ष तथा सामाजिक विकास समितिमार्फत नगर नेतृत्वको ध्यानाकर्षण गराउन माग गरेका थिए । 

आदर्श माविका शिक्षक रिया ढुङ्गाना र प्रतिभा श्रेष्ठले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिक्षक रेवती राजवंशीले राजवंशी भाषाको गीत प्रस्तुत गरेकी थिइन् ।BeautyPlus_20240918120713905_saveशिक्षा शाखाका प्राविधिक सहायक लक्ष्मीप्रसाद दाहालले स्वागत गरेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक हृदय राजवंशी र संचालन मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गरेका थिए । 

कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारीलगायत १ हजार ५० जना प्रत्यक्ष सहभागी बनेको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ । BeautyPlus_20240918121238906_saveकार्यक्रममा सामुदायिक विद्यालयका ६ सय ७० बढी शिक्षक सहभागी भएको शाखाले जानकारी दिएको छ । सो अवसरमा १५० बढी विद्यार्थी कलाकारहरुले नृत्य तथा अन्य प्रस्तुति दिएका थिए । शिक्षा दिवसमा अनिवार्य सहभागी बन्न मेचीनगर शिक्षा शाखाले नगरका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विव्यस अध्यक्ष तथा प्रअलाई परिपत्र गरेको थियो ।